Comments Add Comment

सबै आन्तरिक भ्रमण खुलाउने जापानको निर्णय

जापानले सबै आन्तरिक भ्रमण खुलाउने निर्णय गरेको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसहरुलाई महामारीबाट थलिएको अर्थतन्त्रमा सुधारको लागि सहयोग गर्न आग्रह गरेका छन् ।

जापानले गत मेदेखि नै मुलुकमा लागाइएको लकडाउन खुकुलो पार्न सुरु गरेको छ । पछिल्लो समय मानिसहरू काममा फर्किन थालिसकेको र बार तथा रेष्टुरेन्टहरु पनि खुल्न थालेकाले सरकारले सबै आन्तरिक भ्रमण पनि खुलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री आबेले भ्रमणमा निस्किँदा पनि मानिसहरुलाई भौतिक दुरी कायम राख्न आग्रंह गरेका छन् । उनले मानिसहरुलाई सामाजिक र आर्थिक गतिविधिमा संलग्न हुनका लागि आग्रह गरेका हुन् । बिहीबार सम्बोधन गर्दै आबेले अब मुलुकमा एक हजार जना मानिस एकसाथ भेला भएर कार्यक्रम गर्न सक्ने बताएका छन् ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment