Comments Add Comment

बैंकास्यारेन्स सेवा पुनः सुरु गर्न बैंकर्स संघको माग

५ असार, काठमाडौं । बैंकहरुले बैंकास्यारेन्स सेवा फेरि सुरु गर्न माग गरेका छन् । बैंकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पठाउदै यो व्यवस्था सुरु गर्न माग गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकहरुले नै आफ्ना ग्राहकहरुलाई बिमा पोलिसी बिक्री गर्ने गरेका थिए । बैंकहरुले जबर्जस्ती ग्राहकलाई बिमा गर्न लगाएको भन्दै आलोचना समेत भएको थियो । आलोचना भएपछि बीमा क्षेत्रहरुको नियमनकारी निकाय बिमा समितिले बैंकहरुलाई बिमा पोलिसी बिक्री गर्न बन्द गराएको थियो ।

बैंकहरुले मुलुकको लगभग सबै स्थानीय तहमा वाणिज्य बैंकहरुको पहुँच भएको अवस्थामा ग्राहकहरुले सहज र सरल रुपमा एउटै स्थानबाट बैंक र बिमा सेवा पाउने र यसले बिमाको दायरा बढाउन मद्दत गर्ने भन्दै यसलाई पुनः सुरु गर्न सुझाव दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment