Comments Add Comment

सहकारीमा ‘एटिएम’ सेवा

२८ असार, बागलुङ । सदरमुकामस्थित सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘एटिएम’ सेवा शुरु गरेको छ । एटिएम सेवा शुभारम्भवका अवसरमा शनिबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले सहकारीका सेवा प्रविधिमैत्री बन्दै गएकामा खुसी व्यक्त गरे । शेयर सदस्यका लागि छरितो र सहजरूपमा कारोबार गर्न ‘एटिएम’ उपयोगी हुने उनको भनाइ थियो ।

जिल्ला सहकारी सङ्घ बागलुङका अध्यक्ष दीपक गौतमले सिवाइसीले प्रविधिको उपयोग गरेर सहकारी अभियानलाई गति दिएको उल्लेख गरे । ‘यो अन्य सहकारीका लागि पनि सिकाइ र मार्गदर्शन बन्न सक्छ’, उनले भने ।

राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक हुमाकुमारी जिसी ‘अञ्जु’ले शेयर सदस्यका लागि वित्तीय साक्षरताको खाँचो औँल्याए । सिवाइसीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले स्तरीय र प्रविधियुक्त सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताए । समयको आवश्यकताअनुसार सहकारीका सेवालाई प्रविधिमैत्री बनाइएको उनको भनाइ थियो ।

‘सरकारले पनि नगदरहित कारोबारमा जोड दिइरहेको छ’, अध्यक्ष पौडेलले भने, ‘सहकारीका सेवालाई पनि प्रविधिको प्रयोगबाट स्तरीय बनाउनुपर्छ ।’ सहकारीले मोबाइल बैंकिङ, ‘क्यूआर कोड’ लगायतका सेवा प्रदान गर्दै आएको छ ।

आगामी दिनमा मिस्डकल सेवा, डिजिटल सर्भेजस्ता प्रविधिलाई प्रयोगमा ल्याइने सहकारीले जनाएको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले देशका जुनसुकै ठाउँबाट ‘एटिएम’ सेवा लिन सकिने बताए । हालसम्म २५१ सेयर सदस्यले एटिएम कार्ड बनाइसकेको उनको भनाइ छ ।

उक्त सहकारीमा १० हजार सेयर सदस्य छन् । अर्को आवभित्रमा थप २६ वटा सहकारीसँग एकीकरण गर्ने तयारी भइरहेको अध्यक्ष पौडेलले बताए । आगामी पाँच वर्षभित्रमा ५० हजार शेयर सदस्य पु¥याउने लक्ष्य सहकारीको छ । यस्तै १०० सेवा केन्द्र स्थापना गरी दुई हजार ५०० सेयर सदस्यलाई उद्यममा जोड्ने योजना छ । सहकारीले कर्जाको ब्याजलाई घटाएर एक अंकमा पु¥याउने जनाएको छ ।– रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment