+
+
Shares

रुखको हाँगाले लागेर दाङमा एकजनाको मृत्यु

रासस रासस
२०७७ असार ३० गते १३:५५

३० असार, तुलसीपुर (दाङ) । दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा मंगलबार बिहान मृत्यु भएको छ ।

बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

रा२प ८८० नम्बरको मोटरसाइकलमा लहलौराबाट तुलसीपुर आउँदै गर्दा रुखको हाँगा भाँचिएर खस्दा टाउकामा चोट लाग्दा गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?