Comments Add Comment

स्वास्थ्यबारे गलत जानकारी पत्याइरहनुभएको त छैन ?

स्वास्थ्यका समाचार निकै संवेदनशील हुन्छन् । पाठकले पढ्छन्, बुझ्छन्, अनुसरण गर्छन तर प्रतिक्रिया कमले मात्र दिन्छन् । यसमा राजनीतिक बिषय जस्तो बहस कम हुन्छन् । तर समाचार र संदेश स्पष्ट नभए मान्छे गलत निर्णय लिन सक्ने सम्भावना हुन्छन् । त्यसैले यस्ता बिषयमा समाचार संप्रेषण गर्दा विज्ञको राय र अध्ययनले देखाएको तथ्यहरु पनि राख्नु पर्छ ।

आजभोलि सानो अध्ययनका भरमा अनि आफुलाई लागेकै आधारमा पनि केही स्वास्थ्य क्षेत्रका व्यक्तिहरुको लेखहरु हेर्न सकिन्छ तर ती लेखहरुमा मनगर्थे तर्कहरु राखेको पाईन्छ । कति लेख त अन्य देशहरुको परिवेशमा लेखिएको हुन्छ र त्यसको नेपाली अनुवाद गरिएको हुन्छन् । नेपाली बजारमा ती औषधि, उपकरण तथा निदान र उपचार पद्धति सम्भव नै हुदैनन् । त्यसैले यस्ता लेख, सन्देश तथा समाचारले गलत निर्णयका सिकार बनाउने र चिकित्सक प्रति शंका गराउने पनि बढेको छ ।

अहिले विश्व नै कोरोनामय बनेको छ । हरेक मिडियामा कोरोना सम्बन्धी जानकारी मुलुक रचनाहरु प्रकाषण गरिएको छ । पाठकहरुलाई यस सम्बन्धि जानकारी लिन मन पर्छ । पाठकहरुको चाहना र आवश्यक्तालाई ध्यान दिदै प्रकाशन भएका समाचार र जानकारी मुलक समाचारहरुले गर्दा आम सर्वसाधरणहरुले यसका सावधानीका उपायहरु अपनाउन थाले । मानिसहरुले लकडाउनको पालना गर्दै मास्क लगाउने तथा सेनिटाईज गर्ने वा हात धुने अनि समाजिक दुरी कायम गरे । तर, कति लेखकहरुले नेपालीहरुको रोगप्रतिरोधात्मक शक्ति बलियो रहेको भनेर तर्कका साथ रचना प्रकासन गर्न भ्याए । पत्रकार, राजनितिज्ञले यस्तो तर्क दिनु ठिकै होला तर विज्ञले आधार प्रस्तुत गर्नु पर्छ ।

डा. बालकृष्ण शाह

आत्मबल बढाउन तथा पाठकलाई मनपर्छ भनेर अध्ययनले प्रमाणित नभएको वा वैज्ञानिक आधार नभएको यस्ता तर्कहरु सहित नेपालीलाई कोरोनाका खतरा छैन आशय बोकेको एक जना जनस्वास्थ्य विज्ञ भन्ने डाक्टरले लेखेको रचना खुब सेयर भयो, मैले नि पढ्न पाएँ । तर बालबालिकामा कुपोषण, क्षयरोगको संक्रमण र औषत आयु तुलना गर्ने हो भने नेपालीहरुको रोगप्रतिरोधात्मक शक्तिको अवस्था छर्लङ्ग हुन्छ र विज्ञले छर्लङ्ग पार्नु पर्छ ।

स्वास्थ्य प्राबिधिक र संवेदनशिल बिषय हो । जमराको जुसले स्वास्थ्यलाई फाईदा भन्ने समाचार पछि चोक चोकमा जमराको जुस पाईन थाले  । अहिले बेसार, अदुवा जस्ताको कुरा आएको छ । तर यसबारे जानकारी कसले दिने ? आयुर्वेद विज्ञान भन्ने छुट्टै अध्ययन छ । कुन जडिबुटिमा के पाउछ र कसरी उपयोगी हुन्छन् भन्ने बारेका अध्ययन गरेका विज्ञले यसबारेमा प्रष्ट पार्नु पर्छ ।

तर यसबारे अध्ययन नगरेका, अन्य बिषयहरुको विज्ञहरुले आफ्नो हिसावले व्याख्या गर्दै लेखहरु लेख्ने प्रचलन बढ्न थालेको पाईन्छ । कतिपय पत्रकारहरु तथा स्तम्भकारहरुले अन्य भाषमा प्रकासित रचनाहरु उल्था गरेर प्रकासन गरेर प्रकासन गरेको पाईन्छ । केहि समय अगाडि परिवार नियोजनका लागि मेरिना लगाईदिनुस् भनेर म काम गर्ने अस्पतालमा एक महिला आएकी थिईन् । नेपालमा मेरिना पाउदैन । यो हर्मोन भएको कपर टि हो, तर उनले नेपालमा नै परिवार नियोजनका साधनहरुबारे समाचार, रचनाहरु पढेर सो साधन रोजेको बताएकी थिईन । नेपालमा के पाउछ, कुन सेवा उपलब्ध छ थाहा नभएर अन्य मुलुकमा प्रकासन गरेरको रचना उल्था गरेर प्रकासन गरे पछि यस्तो गलत सन्देश जान सक्छ ।

अहिले कोभिड कै प्रसंगमा मानौ कुनै अस्पतालमा १ जना कोराना पोजेटिभ देखियो भन्ने समाचार आयो । त्यसपछि वातावरण कस्तो हुन्छ ? कल्पना गर्नुस्, ती अस्पतालमा काम गर्ने हरेक स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई कति मानसिक तनाव हुन्छ ? अनुमान गर्न सकिन्छ । ती अस्पतालका कर्मचारीहरु तथा स्वास्थ्यकर्मीहरु बस्ने घरका सदस्यहरु,  बच्चा  तथा छिमेकीहरुलाई समेत मानसिक तनाव पक्कै हुन्छ । अझ भाडाको घरमा हो भने घरवेटिले छिर्न नदिने हो कि ? यसता जटिल्ताहरु थपिन्छन् । कर्मचारी र स्वास्थ्यकर्मीको व्यक्तिगत कुरा मात्र होईन त्यस अस्पतालमा आउने विमारी तथा अस्पतालमा सेवाका लागि आउनै पर्ने वा आएका सर्वसाधारणमा पनि नकारात्मक  प्रभाव पर्ने हुन्छ ।

हो सुचना लुकाउन मिल्दैन र सचेत बनाउन आवश्यक छ तर आफ्नो स्टाटस र सुचनाले सचेत बनाउदै छ कि त्रास फैलाउदै छ मुल्यांकन गर्नु पर्छ । अब सुचना, समाचार र स्टाटसले भिडभाड कम हुन्छ, मानिसहरूले समाजिक दुरी कायम गर्छन् र हाथ धुने तथा मास्क लगाउछन् भन्न अलिक नमिल्ला । तर हाम्रो सुचना, स्टाटस र समाचारले मानसिक दुरी बनाउने, स्वास्थ्यकर्मी र अस्पतालको मनोवल गिराउने तथा समाजिक अवहेलना बढाउदै समाजमा दिने त्रास पो फैलाउने हो कि सोच्नु जरुरी छ ।

स्वास्थ्य जस्तो संवेदनशिल विषयमा अन्धधुन्द लेख्ने गरिएको छ । मनगढन्ते र अनुमानको भरमा रोग एवं उपचारको विधीहरु छापिएको पाइन्छ । विदेशको स्वास्थ्य खबरलाई अनुवाद गरेर हुबहु राख्ने गरिएको छ । स्वास्थ्य जस्तो अति संवेदनशिल विषयमा यस किसिमको समाचार एवं जानकारी संप्रेशण गर्दा त्यसले जनस्वास्थ्यमा गंभीर असर पर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment