Comments Add Comment

नेपालगञ्ज भन्सारको राजश्व लक्ष्य साता अगावै पुरा

२६ साउन, काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले साता अघिनै राजश्व लक्ष्य पुरा गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनाका लागि ९४ करोड २५ लाख ६ हजार लक्ष्य निर्धारण गरिएकोमा महिनाको तेस्रो सातासम्म १ अर्ब १ करोड २७ लाख ९५ हजार रुपैयाँ राजस्व असुल गरिएको भन्सार प्रमुख शान्तिराम निरौला जानकारी दिए ।

आर्थिक वर्ष सुरुआतको पहिलो महिनामै निर्धारित लक्ष्यको १०९.८९ प्रतिशत प्रगति कार्यालय हासील गरेको निरौलाले भने ।

गत आवको पहिलो महिनामा उक्त कार्यालयको राजश्व असुली ८६ करोड २९ लाख ०४ हजार मात्रै थियो । कार्यालयले यस बर्ष बाषिर्क १५ अर्व २५ करोड राजश्व संकलन गर्ने लक्ष्य पाएको छ ।

पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्यमा करिब ४२ करोड भन्दा बढी कार्यालयले कारोबार मूल्य थप गरी जरिवाना गर्दा थप राजस्व असुल भएको भन्सार कार्यालयले जनाएको छ ।

मालबस्तुको वर्गीकरणलाई फरक पार्नेलाई कानूनी दायरामा ल्याइदा पनि राजश्वमा उल्लेख्य प्रगति भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment