Comments Add Comment

सुशान्त र रियाको प्रेममा ‘ड्रग्स’ कनेक्शन

मंगलबार बेलुकी भारतीय न्यूज च्यानल ‘जी न्यूज’ले २ वटा भिडियो सार्वजनिक गर्यो । नायक सुशान्त सिंह राजपुतको निधन भन्दा करिब ५ महिना अगाडिको शो भिडियो सुशान्तकै घरमा खिचिएको थियो, जसलाई उनकी प्रेमिका रिया चक्रवर्तीले खिचेकी थिइन् ।

२ छोटा भिडियोमा सुशान्त र रियाले कुराकानी गरेको देख्न सकिन्छ । तर, भिडियोमा सुशान्तको हालत दुखलाग्दो छ । सुशान्तको बोली भासिएको छ, उनी टोलाएका छन् भने अनुहारको रंग पनि उडेको देखिन्छ । सुशान्तको निधन भन्दा करिब ५ महिना अगाडिको यो भिडियोले धेरै कुरा बोलेको छ ।

सुशान्त र रियाको प्रेममा जोडिएको ड्रग्स
नायक सुशान्त सिंह राजपुतको निधनपश्चात जारी अनुसन्धानको सुरुवातमा ‘नेपोटिज्म’को बहस गर्मियो । प्रहरीले पनि यसलाई ‘परिवारवाद’सँग जोडेर अनुसन्धान गरिरहेको थियो । बलिउडका थुप्रै हस्तीहरुसँग प्रहरीले बयान लियो । तर, सुशान्तको निधन भएको डेढ महिनापछि यो मुद्दा उनकी प्रेमिका रिया चक्रवर्तीतर्फ सोझियो । रियालाई केन्द्रमा राखेर अनुसन्धान सुरु भएपछि सुशान्तको निधनमा ड्रग्सको कनेक्शन खुलासा भयो ।

सुशान्तको निधनलाई अहिले रियासँगै ड्रग्ससँग जोडेर अनुसन्धान भैरहेको छ ।

एनसीबीसँग निरन्तर ३ दिनको बयानमा नायिका चक्रवर्तीले ड्रग्स कनेक्शनको खुलासा गरेकी छिन् । एनसीबीले रियालाई मंगलबार गिरफ्तार गरेको छ । अदालतले उनलाई १४ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न एनसीबीलाई अनुमती पनि दिएको छ ।

रियाले आफ्नो बयानमा सुशान्तका लागि ड्रग्स उपलब्ध गराउने गरेको खुलासा गरेकी छिन् । लकडाउन भएपछि आफ्ना भाई शोविकसँग सुशान्तले ड्रग्स मगाउने गरेको बयान उनले एनसीबीसँग दिएकी छिन् । सुशान्त सिंह राजपुतका लागि रियाले ड्रग्स ल्याउने गरेकी थिइन् । उनले, ड्रग्सका लागि तिर्नुपर्ने पैसाको व्यवस्थापनि आफै गर्ने गरेकी थिइन् ।

यतिमात्र होइन, उनले आफ्नो बयानका क्रममा २५ जना बलिउडकर्मीको नाम पनि लिएकी छिन्, जो ड्रग्सको लतमा फसेका थिए । रियाको यो बयानसँग बलिउडका ठूला नाम पनि ड्रग्सको मामलामा छानविनको दायरामा आउने देखिएको छ । रियाले आफ्नो बयानमा उनका भाई शोविक र मुम्बइका चार पेडलर्सले बलिउडमा ड्रग्सको कारोबार गर्ने गरेको खुलाएकी छिन् । अब, एनसीबीले बलिउडकर्मीमाथि पनि छानविन गर्ने तयारी गरेको छ ।

एनसीबीका अनुसार रिया र शोहिक ड्रग्स सिन्डिकेटको सक्रिय सदस्य थिए । रियाले आफ्नो बयानमा सुशान्त, आफू र आफ्ना भाई बसेर कहिलेकाही ड्रग्स लिने गरेको पनि खुलाएकी छिन् । यसैले, सुशान्तको निधन भएको ८४ दिनपछि नयाँ तथ्य बाहिर आएको छ, जसले अब रियालाई मात्र होइन दुई दर्जन बलिउडकर्मीलाई पनि छानबिनको दायरामा ल्याउने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment