Comments Add Comment

बैतडी अस्पतालमा पनि कोरोना परीक्षण सुरु

१ असोज, कैलाली । जिल्ला अस्पताल बैतडीमा पनि कोरोना परीक्षण सुरु भएको छ । यसअघि बैतडी र दार्चुला क्षेत्रको स्वाब परीक्षणका लागि डडेल्धुरा पुराउनु पर्ने बाध्यता रहेको थियो । बिहीबारबाट जिल्लामै स्वाब परीक्षण सुरु भएको जिल्ला अस्पतालका प्रयोगशाला इन्चार्ज श्यामराज जोशीले बताए । बैतडीमा जडान भएको पीसीआर मेसिनले दार्चुलाका नागरिकहरूलाई समेत सहजता हुने उनले बताए ।

प्रदेश सरकारले यसअघि नै धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण गर्ने गरी प्रयोगशालाको स्थापना गर्ने जनाएको थियो । केही समयअघि धनगढी र डोटीमा सुरु भइसकेको कोरोना परीक्षण बिहीबार बैतडीमा समेत सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले पीसीआर प्रयोगशालाको उद्घाटन गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको करिब ४० लाखको लागतमा जिल्ला अस्पतालमा पीसीआर ल्याब स्थापना गरेको हो । प्रयोगशालामा दैनिक २७० जना सम्मको स्वाब परीक्षण गर्ने सकिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बैतडीमा प्रयोगशाला स्थापना भएपछि अझै धेरैको कोरोना परीक्षण गर्न सकिने बताए । हाल धनगढी, डडेल्धुरा डोटीबाट मात्रै कोरोना परीक्षण भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment