+
+

ड्रग्सको मुद्दामा दीपिका, सारा, श्रद्धा र रकुलसँग सोधपुछ गर्दै एनसीबी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते १२:५८

नायक सुशान्त सिंह राजपुतको निधनले बलिउडलाई हलचल नै मच्चाएको छ । सुशान्तको निधनको छानविन ड्रग्सको मुद्दामा प्रवेश गरेसँगै यतिबेला सिंगो बलिउडलाई नै यसले प्रभावित बनाएको छ ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सको मुद्दामा जेलमा छिन् । उनीविरुद्धको छानविन जारी छ । यसैविच, ड्रग्सको मुद्दामा छानबिन गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले चार जना बलिउडकर्मीलाई सोधपुछका लागि बोलाएको छ ।

जसमा नायिका दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान, रकुल प्रित जस्ता नाम चलेका नायिका छन् ।

एनसीबीले नायिका रकुलसँग आज सोधपुछ गर्दैछ । यस्तै, नायिका दीपिका पादुकोणलाई सेप्टेम्बर २५, सारा अली खान र श्रद्धा कपुरलाई सेप्टेम्बर २६ तारिखमा सोधपुछका लागि एनसीबीले बोलाएको छ ।
बलिउडका यी नायिकाहरुले भारतमा प्रतिबन्धित ड्रग्स प्रयोग गरेको दाबी एनसीबीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?