Comments Add Comment

ललितपुरका अवैध होडिङ बोर्डमा हाछेथुको टोलीले लगायो कैंची

१३ असोज, ललितपुर । मंगलबार बिहान ललितपुरमा नगर प्रहरीको एक टोली निस्कियो, अग्रपंक्तिमा थिए, पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु । ललितपुर महानरपालिकाको नगर प्रहरी बलका प्रमुख रहेका हाछेथुको नेतृत्वमा विहान ललितपुरका मुख्य शहरी क्षेत्रमा जथाभावी अवैध रूपमा राखिएका होडिङ बोर्ड काटियो, च्यातियो, निकालियो र फ्याँकियो ।

होर्डिङ बोर्ड हटाउन सर्वोच्च अदालतले आदेश दिएको ५ वर्षपछि ललितपुर महानगरले कार्यान्वयनमा अग्रसरता देखाएको छ ।

शहरका चोक-चोकमा महानगरकै कर्मचारी र जनप्रतिनिधिसँगको सेटिङमा राखिएका होर्डिङ बोर्डहरु नगर प्रहरी बलको टोली हटाउन थालेको छ ।

ललितपुरको नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुको नेतृत्वको टोलीले मंगलबार मुख्य रुपमा ललितपुरका शहरी क्षेत्रमा रहेका मदिरामा होडिङ बोर्डहरु हटायो ।

०७२ भदौ १६ गते सर्बोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले काठमाडौं उपत्यकाभित्र होडिङ बोर्ड निषेध गरेको थियो । उपत्यका क्षेत्रमा रहेका व्यावसायिक होर्डिङ बोर्डहरू, भित्ते लेखन, पोष्टर, पम्प्लेटलगायतका सामग्री हटाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख थियो ।

ललितपुर यसअघि प्रचिलित ऐनभन्दा बाहिर गएर समेत जथाभावी रूपमा होर्डिङ बोर्डहरू राख्दा पनि मुकदर्शक बनेको थियो । उपत्यकाका होर्डिङ बोर्ड हटाउन पटक-पटक गृह मन्त्रालयले समेत चासो दिने गरेपनि उपत्याकभित्रका स्थानीय तहका स्थानीय जनप्रतिनिधिले नै यसलाई आम्दानीको स्रात बनाउने गरेका छन् ।

ललितपुर महानगरको नगर प्रहरी बलका प्रमुख हाछेथु नगरलाई सुन्दर राख्न नियम विपरित राखिएका बोडर्हरु हटाउन सुरु गरिएको बताउँछन् । उनले अब नयाँ बोर्ड राख्न पनि नदिने बताएका छन् ।

यस्ता बोर्डमा राखिएका फोटोले सडक दुर्घटनाको जोखिम पनि बढाउने र सांस्कृतिक नगरी ललितपुरको सभ्यतालाई पनि गिज्याउने गरेको उनको भनाइ छ ।

‘हामीले फुटपाथ अतिक्रमणविरुद्ध पनि अभियान चलाइरहेका छौ., अब हामी होडिङ बोर्ड हटाउने अभियानमा पनि आएका छौं,’ उनले भने ।

हाछेथुले नगर प्रहरी बलमा नियुक्त भएलगत्तै फुटपाथमा राखिने मोटर वर्कसपकहरु हटाउन अभियान चलाएका थिए । त्यसलगत्तै उनले पसलभन्दा बाहिर पैदल यात्रुलाई हिँड्न अप्ठेरो हुनेगरी सामान निकालेर राख्ने व्यवसायीलाई कारवाही गरेका थिए ।

‘फुटपाथ पैदल यात्रीको हो, ब्यापार गर्ने ठाउँ हैन,’ उनले भने,’नगरलाई सभ्य, सुन्दर, सुसंस्कृत र सुरक्षित बनाउन नगर प्रहरीले पाएका अधिकार प्रयोग गरेर सुधारको प्रयास हुन्छ ।’
उनले मेयर चिरीबाबु महर्जजनको योजना र निर्देशन अनुसार ललितपुरलाई सुन्दर नगरीका रुपमा विकास गर्न नगर प्रहरी बलले प्रयास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment