Comments Add Comment

कोभिडले सार्क मुलुकका शिक्षा क्षेत्रमा पारेको प्रभावबारे छलफल

२२ असोज, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोरोना भाइरस संक्रमण (कोभिड-१९) ले शिक्षा क्षेत्रमा पारेको प्रभावका विषयमा बिहीबार छलफल भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा आयोजना गरेको सार्क शिक्षा मन्त्रीस्तरीय भर्चुअल बैठकमा सदस्य राष्ट्रहरूले आ-आफ्नो देशमा कोभिड-१९ को संक्रमणले सृजना गरेको शैक्षिक समस्या तथा चुनौतीबारे उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न गरिएका प्रयासहरू, सदस्य राष्ट्रहरूमा भएका राम्रा अभ्यासहरू र आपसी सहकार्यका विषयमा आ-आफ्ना अनुभवहरू आदन-प्रदान गरेका थिए ।

बैठकमा दुर्गम क्षेत्रमा सिकाइ सहजीकरण, शैक्षिक संस्था पुन: सञ्चालन,  शैक्षिक सत्रको कार्यान्वयन, शिक्षण सिकाइ सामाग्री विकास, सार्वजनिक परीक्षाको व्यवस्थापन तथा शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग जस्ता विषयहरूमा छलफल भएको सहसचिव एवं दीपक शर्माले जानकारी दिए । सार्कका सदस्य राष्ट्रहरूमा भएका अभ्यास र अनुभवबारे आदन-प्रदान भएको सहसचिव एवं दीपक शर्माले जानकारी दिए ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कोभिड-१९ महामारीबाट शिक्षा क्षेत्रले भोग्नु परेको चुनौती र यसको सामनाका लागि क्षेत्रीय स्तरमै सामूहिक तत्परताको विकास गर्नु पर्नेमा कुरामा जोड दिएका थिए ।

बैठकमा नेपालकातर्फबाट सचिव गोपीनाथ मैनालीले नेपालको शैक्षिक अवस्था र प्रयासहरूको बारेमा धारणा प्रस्तुत गरेका थिए ।

बैठकमा शिक्षा सम्बन्धी दिगो विकासको लक्ष्य र सार्क कार्ययोजना खाकाको कार्यान्वयनको विषयमा पनि छलफल भएको छ ।

बैठकमा सार्कका सबै सदस्य राष्ट्रहरूको सहभागिता रहेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment