Comments Add Comment

प्रहरी भन्दै बलजफ्ती मोबाइल र नगद लिने दुई जना पक्राउ

७ कात्तिक, जनकपुरधाम । प्रहरी भन्दै सर्वसाधारणसँग बलजफ्ती मोबाइल तथा नगद लिने दुई जनालाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका २ बस्ने ३६ वर्षीय प्रकाश कुमार सिंह र धनुषाको जनकपुरधाम उप महानगरपालिका ४ बस्ने ३७ वर्षीय सन्दीप कुमार राउत छन् ।

प्रदेश २ को प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको बताउँदै मटिहानी नगरपालिका ८ का सर्वसाधारणसँग मोबाइल र नगद ५ हजार लिएको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले बताए ।

पक्राउ परेकाहरुको साथबाट सामसुङ्गको डुअस मोबाइल बरामद भएको र उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment