Comments Add Comment

काठमाडौंका ५०भन्दा बढी चोकमा उच्च प्रकाश दिने बत्ती जोडिने

२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरमा मुख्य चोकहरुमा उच्च मात्रामा प्रकाश दिनसक्ने बत्तीहरु राख्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले यसै आर्थिक वर्षभित्र करिब ५० वटा मुख्य चोकमा ठूला बत्तीहरु जोड्न लागिएको बताए ।

‘रातमा मुख्य चोकहरुमा पनि पर्याप्त उज्यालो भएन, त्यसैले चोकहरुलाई सुरक्षित बनाउन र शान्ति सुव्यवस्था कायम गराउन यस किसिमको बत्ती जोड्न लागेका हौं,’ उनले भने ।
ज्ञावालीका अनुसार रंगशालाहरुमा प्रयोग हुने खालकै बत्तीहरु मुख्य चोकमा जोड्न लागिएको हो ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य-मुख्य सडकमा नयाँ सडकबत्ती जडान गर्ने योजना बनेको छ । २०७१ सालपछि जोडिएका करिब ४० करोड मूलयका सौर्य सडकबत्ती हटाएर १७ करोडमा बिजुलीबाट बल्ने स्मार्ट बत्ती जोड्न लागिएको हो । सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर गरिसकेका छन् ।

सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको हो । काठमाडौं महानगरपालिकाले ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीमा यस्ता बत्ती जोड्न लागेका हुन् ।

लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत प्राधिकरणले गर्नेछ । आयोजनाको निर्माण कार्य पश्चात मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य सडक विभागले भनिएको छ । सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडक लगायत आवश्यकता अनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिने सहमति छ ।

यो पनि पढ्नुहोस ४० करोडको सौर्यबत्ती फालेर १७ करोडको बिजुली बत्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment