+
+
Shares

मोडर्नाको १० करोड डोज कोरोना खोप खरिद गर्दै अमेरिका

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १२:२९

२८ मंसिर, काठमाडौं । अमेरिकाले मोडर्नाले निर्माण गरेको १० करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिद गर्ने भएको छ । सोमबारदेखि अमेरिकाले कोरोना खोप कार्यक्रम सुरु गर्न गइरहेको अवस्थामा मोडर्नाले यस्तो जानकारी दिएको छ । कोरोना खोपले अमेरिकामा यो महामारी अन्त्य गर्नको लागि सहयोग पुग्ने विशेषज्ञहरुले विश्वास व्यक्त गरेका छन् ।

मोडर्नाले शुक्रबार दिएको जानकारी अनुसार अहिलेसम्म अमेरिकामा यो कम्पनीसँग २० करोड डोज कोरोना खोपको लागि अर्डर दिएको छ । मोडर्नाले दुई करोड डोज खोप डिसेम्बरको अन्तिमसम्ममा उपलब्ध गराउने बताएको छ । बाँकी खोप सन् २०२१ को पहिलो त्रैमासमा उपलब्ध गराउने मोडर्नाले बताएको छ ।

यसअघि गत अगष्ट महिनामा मोडर्नासँग अमेरिकाले १० करोड डोज कोरोना खोप खरिद गर्ने निर्णय गरेको थियो । उक्त सम्झौता एक अर्ब ५० करोड डलरमा भएको थियो । जसमा थप ४० करोड डोज खोप खरिद गर्न सकिने विकल्प राखिएको थियो ।

अहिलेसम्म अमेरिकामा एक करोड ६० लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । पछिल्लो समय अमेरिकामा उल्लेख्य संख्यामा कोरोना संक्रमित फेला परिरहेका छन् । अहिले अमेरिकामा दैनिक चीन हजारको कोरोनाबाट मृत्यु भइरहेको छ । अहिलेसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि दुई लाख ९७ हजार नाघेको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?