Comments Add Comment

पूर्वराजदूत रे भन्छन्– नेकपा मिलाउने चीनको प्रयास असफल भयो

७ पुस, काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई गुटबीचको विवाद मिलाउन चीनले सहजीकरणको प्रयास गरेपनि त्यो असफल भएको बताएका छन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा भारतीय पत्रिका दि इकोनोमिक टाइम्समा एक लेख लेख्दै उनले भनेका छन्, ‘जबसम्म चीनले ओलीलाई समर्थन गरिरहेको थियो सबै कुरा ठीक थियो तर जब ओलीले चीनको चासो उनको नेतृत्वको निरन्तरता भन्दा नेकपा एकीकृत भयो भन्ने रियलाइज गरे, उनले आफ्नो रणनीति परिवर्तन गरे ।’

उनले यतिबेलासम्म भारत विरोधी राष्ट्रवादलाई बढावा दिएको तर त्यसलाई परिवर्तन गर्दै भारतसँग सम्बन्ध सुधार गर्न लागेको उल्लेख गरेका छन् । सम्बन्ध सुधार गर्न चाहेको ओलीको कदमलाई भारतले सकारात्मक लिँदै लगातार पाहुनाहरु पठाएको उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस भारतीय अखबारको निष्कर्ष : ओलीको कदम असंवैधानिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment