Comments Add Comment

सेयर बजारमा देखिएन राजनीतिक असर, नेप्से परिसूचक उर्लियो

७ पुस, काठमाडौं । देशमा राजनीतिक घटनाक्रम तातिरहेका बेला सेयर बजार भने उचालिएको छ । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९५ अंकले बढेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सो दिन ९६ अंकको भीषण पहिरो गएको सेयर बजार मंगलबार भने ९५ दशमलव ४६ अंकले बढेर २ हजार ६१ दशमलव ४१ अंकमा उक्लिएको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५ दशमलव १८ अंकले बढेको छ । संसद विघटन भएसँगै देशमा देखिएको राजनीतिक घटनाको सेयर बजारमा नकरात्मक असर पर्ने कतिपयको अनुमान थियो । तर बजारले सकारात्मक दिशा तय गरेको छ ।

कारोबार रकम पनि पौने ७ अर्ब नजिक पुगेको छ । दिनभर भएका ५५ हजार ७ सय १ करोबारबाट २०५ कम्पनीका १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४ सय ३२ रुपैयाँ पुगेको छ । नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु बढेर हरियाली देखिएका छन् ।

यि हुन धेरै कमाउने ५ कम्पनी
मंगलबार सबैभन्दा धेरै कमाउनेमा शिखर इन्स्यारेन्स पहिलो नम्बरमा देखिएको छ । शिखरको सेयर मूल्य एकैदिन १० प्रतिशतले बढेर सर्किट ब्रेक नै लागेको छ । १० प्रतिशत अर्थात १६६ रुपैयाँले बढेर शिखरको सेयर मूल्य १ हजार ८ सय २६ रुपैयाँमा पुगेको छ ।

धेरै कमाउने दोस्रो नम्बरमा राष्ट्रिय बिमा कम्पनी देखिएको छ । यसको पनि संस्थापक तर्फका सेयर मूल्यमा सर्किट ब्रेक लागेर बन्द भएको थियो । राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य एक कित्तामै १ हजार ३ सय २६ रुपैयाँले बढेर १४ हजार ५४ सय ९१ रुपैयाँ पुगेको छ ।

मंगलबार धेरै कमाउनेमा क्रमशः नबिल बैंक, नेपाल लाइफ इन्स्यारेन्स र साञ्जेन जलविद्यत तेस्रो, चौथो र पाँचौ नम्बरमा देखिएका छन् ।

नविलको सेयर मूल्इ १२३ रुपैयाँले बढेर १ हजार ३ सय ५४ रुपैयाँ पुगेको छ भने नेपाल लाइफको २१३ रुपैयाँले बढेर २ हजार ३ सय ५१ रुपैयाँ पुगेको छ ।

यसैगरी साञ्जेनको भने सेयर मूल्य २५ रुपैयाँले बढेर २७६ रुपैयाँ पुगेको छ । कारोबार रकमका आधारमा भने नेपाल लाइफ पहिलो नम्बरमा देखिएको छ । यसको ८६ करोड भन्दा धेरैको सेयर किनबेच भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment