+
+

नक्साल तरकारी बजारमा ‘क्यूआर पेमेन्ट’ सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १० गते १९:०८

१० पुस, काठमाडौं । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत, नक्साल, काठमाण्डौ स्थित नक्साल तरकारी बजारमा क्यूआर बाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा फलफूल तथा तरकारी खरिद गर्दा क्यूआर बाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी भयो । यस तरकारी बजारमा अपवाद बाहेक सम्पूर्ण पसलहरुमा क्यूआर बाट भुक्तानी गर्न सकिने छ ।

डिजिटल अर्थतन्त्रको विकासका लागि नेपाल राष्ट्र बैंकले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको परिप्रेक्ष्यमा यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिंदै दैनिक उपभोग गर्ने बस्तुहरुको खरिदमा डिजिटल बैंकिङको प्रयोगलाई बढावा दिन यो नमुना मोडलको थालनी भएको सानिमा बैंकले बताएकाे छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक र सानिमा बैंकका कर्मचारी लगायत उपस्थित दर्शक तथा ग्राहकहरुले पनि फोन सञ्जाल अन्तर्गतका क्यूआर बाट भुक्तानी गरी डिजिटल बैंकिङको अनुभव लिएका छन् ।

डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरुलाई निःशुल्क क्यूआर वितरण गरेको थियो । त्यसैगरी भायनेट कम्युनिशेनद्वारा निःशुल्क वाईफाईको व्यवस्था गरेको छ ।

खुद्रा पैसाको झन्झट नहुने, जुन सुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा क्यूआर बाट कारोबार निकै सरल र सुरक्षित रहेको पाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?