Comments Add Comment

संसारकै महँगो केक, मूल्य १२ करोड रुपैयाँ

काठमाडौं । यो संसारमा यस्ता धेरै मानिसहरु छन् जो आफ्नो कामका कारण चर्चित हुन्छन् । ती मान्छेहरु सदैव केही फरक तथा अनौठो काम गर्दछन् र उनीहरुले गरेका कामको चर्चा दुनियाभर हुन्छ ।

युएइको दुबईमा एउटा यस्तो केक तयार गरियो, जसको मूल्य नै करीब १२ करोड रुपैयाँ पर्थ्यो । सन् २०१९ मा तयार भएको उक्त केकले विश्वको सबैभन्दा महँगो केकको रुपमा राखेको कीर्तिमान अहिलेसम्म तोडिएको छैन ।

दुबईका सेलिब्रेटी केक डिजाइनर डेबी विंघमले उक्त केक तयार गरेका हुन् । यो केक यस अर्थमा पनि विशेष थियो कि यसको स्वरुप अन्य आम केकको जस्तो थिएन । उक्त सुन्दर ब्राइडल केक एक सुन्दर बेहुलीको स्वरुपमा थियो ।

उक्त केकको तस्वीर हेर्दासमेत त्यो केक नै हो भनेर अनुमान गर्नै गाह्रो पर्दछ । यो अनौठो तथा अद्वितीय केक तयार पार्नका लागि १० दिनको समय लागेको थियो । साथै यसमा कैयन् महंगा चिजहरुको प्रयोग गरिएको थियो । त्यो केकमा १ हजार दाना मोती, ५००० वटा फूल, १ हजार वटा अण्डाका साथै २५ किलो चकलेटको प्रयोग गरिएको थियो भने केकको कूल तौल १ सय २० किलो थियो । केकको उचाइ १८२ सेन्टिमिटर थियो ।

यो केकले मात्र होइन यसका निर्माता डेबी विंघमले विश्वकै सबैभन्दा महँगो केक बनाउने कीर्तिमान समेत कायम गरेका थिए ।

दुबईमा आयोजित बिहे प्रदर्शनीका क्रममा सो केक पेश गरिएको थियो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment