Comments Add Comment

प्रचण्ड-माधव समूहद्वारा प्रधानमन्त्रीलाई विरोध पत्र

२४ पुस, वीरगञ्ज । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएको छ ।

प्रचण्ड–माधव पक्षका नेता तथा कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालयहरुमा पुगेर प्रमुख जिल्ला अधिकारी आसमान तामाङमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाएका हुन् ।

वीरगञ्जको घण्टाघरमा जम्मा भएर नेकपाका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह लगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

जिल्ला इन्चार्ज साह, जिल्ला सचिव विजय महतो, केन्द्रिय सदस्य तथा वीरगञ्ज महानगरपालिका कमिटि ईन्चार्ज दिनेश राई, महानगरपालिका अध्यक्ष रहबर अन्सारीले विरोध पत्रमा हस्ताक्षर गरेका छन् ।

विरोध पत्रमा प्रतिनीधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएकोले निर्णय फिर्ता लिएर अधिवेशन बोलाउन माग गरिएको छ । राष्ट्रपतिलाई संविधानको संरक्षक भनिएपनि प्रधानमन्त्रीको असंवैधानिक सिफारिसलाई साथ दिएर प्रतिनिधि सभा विघटन गरेको भन्दै विरोध पत्रमा राष्ट्रपतिको कदम प्रति पनि असन्तुष्टि जनाइएको छ ।

बारामा पनि प्रचण्ड-माधव पक्षका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र पठाएको नेकपा केन्द्रीय सदस्य राईले जानकारी दिए ।

अनेरास्ववियू प्रचण्ड माधव समूहले समेत जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको विद्यार्थी नेता प्रभाकर गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment