+
+
Shares

नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १ गते १५:३४

१ माघ, काठमाडौं । काठमाडौंको नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराज रहेका छन् ।

चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेक प्वाइन्टमा सर्लाहीबाट काठमडौं आउँदै गरेको ना ७ ख २७९० नम्बरको बस चेकजाँच गर्नेक्रममा बिहीबार उनी पक्राउ परेका हुन् ।

उनको साथबाट लागूऔषध ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनारगन, ६४ एम्पुल नुरफिन र ४० ट्याब्लेट नाइट्राजेपाम बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

पक्राउ परेका गहतराजमाथि लागूऔषध नियन्त्र) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?