+
+
Shares

कोरोनाले ४.८ प्रतिशत खुम्चियो जापानको अर्थतन्त्र

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ३ गते १३:०७

३ फागुन, काठमाडौं । जापानको अर्थतन्त्र सन् २०२० मा चार दशमलव ८ प्रतिशतले खुम्चिएको छ । सन् २०२० को अन्तिम त्रैमासमा जापानको अर्थतन्त्रमा उल्लेख्य सुधार देखिएको भए पनि यसले समग्र वर्षको आर्थिक संकुचनलाई भने रोक्न सकेन । जापानको अर्थतन्त्र सन् २००९ पछि पहिलोपटक संकुचनमा परेको हो ।

अन्तिम त्रैमासमा जापानको कूल गार्हस्थ्य उत्पादन अघिल्लो त्रैमासको तुलनामा तीन प्रतिशत बढेको थियो ।

गत वर्षको तेस्रो त्रैमासको लागि जापानको आर्थिक वृद्धिदर पाँच दशमलव ३ प्रतिशत थियो । तर, दोस्रो त्रैमासमा भने जापानको अर्थतन्त्रमा उल्लेख्य गिरावट देखिएको थियो । विश्लेषकहरुले जापान अहिले कोरोनाको खोप वितरणमा पश्चिमा मुलुकभन्दा पछि परेकाले आगामी दिनमा यसको नकारात्मक असर अर्थतन्त्रमा देखिन सक्ने आशंका व्यक्त गरेका छन् । उनीहरुले सन् २०२१ को पहिलो त्रैमासमा पनि जापानको अर्थतन्त्र खुम्चिन सक्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?