Comments Add Comment

संवेदनशिल बच्चालाई कसरी हुर्काउने ?

कतिपय बच्चा यस्ता हुन्छन्, जो भावनात्मक रुपमा अत्यान्तै कोमल हुन्छन् । सानो कुराले उनीहरुलाई एकदमै दुःखी बनाउँछ, सानै कुराले अत्यान्तै खुसी पनि । उनीहरु छिटै विचलित हुन्छन् ।

स्पष्ट दृष्टिकोण भएको, अरुमाथि सहानुभुति राख्ने, प्रकृतिको सौन्दर्यप्रति आकर्षित हुने, संसारका अन्यायहरुको बारेमा जानकार र कसैलाई दुख परेको छ भने उसलाई सहयोग गर्ने मन भएका अति संवेदनशिल बच्चा एउटा हुनु पनि एउटा खुसीको कुरा हो ।

तर, कहिलेकाँही उनीहरुको संवेदनशिलता र दयालुपन अति नै धेरै हुन्छ । बच्चालाई संसारका साना दुखमा पनि धेरै नै चिन्तित भएर दुखी भएको हेर्न आमाबाबुलाई गाह्रो हुन्छ ।

–सानो घटनामा पनि कडा र गम्भिर प्रतिक्रियाहरु अनुभव गर्ने, किनभने मानिस, ठाँउ वा अवस्थाले त्यो सँग जोडिएको गाढा सम्झना बल्झाउँछ ।

–दैनिक भइराख्ने सामान्य कुरालाई पनि गम्भिरतापूर्वक लिने, भावनात्मक हुने र त्यसैको कारण बिरामीहुने ।

–असहाय, गरिब मानिस देखेपछि धेरै सहानुभुति र दयालुपनको कारण नरमाइलो मान्ने ।

–सामाजिक अवस्थाहरुलाई लिएर अति संवेदनशिल हुने चिन्तित हुने र दुख मान्ने ।

–भौतिक सनसनी, आवाज, दृश्य, संगीत, टिभी शो र फिल्म, स्वाद वा परिस्थितीको तरङ्गको कारणले गम्भिर र भावनात्मक प्रतिक्रियाहरु अनुभव गर्ने ।

–असफलता, सजाय वा आलोचनाको कारणले दुख झेल्ने र त्यसलाई चिरेर अगाडी जान नसक्ने ।

–अति संवेदनशिल, नाटकीय, भावनात्मक, अन्तर्मुखी, निराशावादी, गम्भिर, आदर्शवादी आदी भएको आलोचना खेप्नु ।

यस्ता गुण आफुमा भेट्नुभयो भने तपाईले सम्भवत तपाईले यसलाई बुझ्न सक्नुहुन्छ । तर, यदि तपाई संसारलाई अर्कै तरिकाले हेर्नुहुन्छ भने तपाईलाई यो भावनात्मक गम्भिरतालाई बुझ्न गाह्रो पर्छ । अर्को तिर तपाईको बच्चालाई यस्तो शक्तिशाली भावनासँग सर्घष गरिरहेको देख्न गाह्रो हुन्छ ।

तपाईले आफ्नो बच्चाका यस्ता प्रतिक्रिया नियतवस होइन, उसको प्रकृति नै यस्तै हो भन्ने बुझ्न जरुरी छ । तपाई पग्लिएको हुनुहुन्छ र असिमित सहनशिलता देखाइरहनुभएको हुन्छ तर यो कुरा दिमागमा राख्न धेरै कठिन हुन्छ । अति संवेदनशिल बच्चाहरु यसरी बाँधिएका हुन्छन् ।

उनीहरुको संवेदनशिलता सम्बन्धी अध्ययनहरुमा उल्लेख भएअनुसार प्रतिक्रियाले उनीहरुले समाजलाई फरक रुपले हेर्ने कुरा देखाउँछ ।

यदि तपाईको बच्चाको भावना यस्तै खालको छ भने यहाँ केहि उपायहरु छन् । जसले तपाईलाई उनीहरुको ख्याल राख्न सहयोग गर्छ ।

संवेदनशिल बच्चाहरु दयालु र भावनात्मक प्रकृतिको कारण लाज मान्ने र उनीहरुमाथि हुने अलोचनाबाट कमजोर हुन सक्छन् । उनीहरुको भावना काम नलाग्ने छ भनिदियो भने झनै दुखी हुन सक्छन् । त्यसैले उनीहरुको भावना स्विकार्य हुने एक यस्तो वातावरण बनाउनुहोस जसको कारण उनीहरु अरुसँग कुरा गर्न लाज नमानुन् ।

साना बच्चाहरुले पनि सोच र अवस्थाले शक्तिशाली भावनालाई प्रभावित बनाउँछ भन्ने कुरा बुझेका हुन्छन । त्यसैले उनीहरुलाई भावनाहरु जादुयी हुँदैनन र वास्तविक घटनासँग जोडिएका हुन्छन भन्ने बुझ्न सहयोग गर्नुहोस् । तर्कपुर्ण व्याख्याहरुले बच्चाहरुलाई उनीहरु मन भित्रको अशान्तीलाई शान्त बनाउँछ ।

संवेदनशिल बच्चाहरु सँधै आफ्नो भावनाहरु कतिखेर प्रस्ूतुत गर्दा राम्रो हुन्छ भन्ने सोचिरहन्छन् । त्यसैले उनीहरुलाई भन्न मन लागेको कुराहरु राम्रोसँग र सम्माजनक रुपमा खुला भएर भन्न सहयोग गर्नुहोस् । जसले उनीहरुलाई जीवनोपयोगी सीप सिकाउँछ र सम्भावित समस्याहरु रोक्छ । दुुखद भावनाहरु पनि स्विकार हुने वातावरण बनाउनुहोस् ।

कतिखेर र कसरी आफ्नो निराशा, रिस, दुःख व्यक्त गर्ने भन्ने कुरा धेरै महत्वपूर्ण पाठ हो । संवेदनशिल बच्चाहरु अक्सर उनीहरुको विभिन्न खाले भावनाले थिचिएका हुन्छन् । उनीहरुको मनभित्र यी भावनाहरु गुम्सिएको हुन्छ र त्यसले झन गाह्रो बनाउँछ ।

उनीहरुलाई शान्त र मनमा लागेको कुरा निर्धक्क भन्न सिकाउनुहोस् । तपाईले आफ्नो बच्चालाई कसरी ससाना कुरामा खुसी हुन र दुखी भएको बेलामा कसरी त्यसलाई हटाउने भन्ने कुरा सिकाउन पर्छ ।

अनुशासन कडा भयो भने संवेदनशिल बच्चाहरुले पिडा महसुस गर्न सक्छन् । शारीरिक सजायले बच्चालाई असर गर्न सक्छ । हिंसाको धम्की, चर्को स्वरमा कराउने, कडा आलोचना गर्ने संवेदनशिल बच्चाको लागि धेरै नै नराम्रो हुन सक्छ ।

अति संवेदनशिल बच्चाहरु जोसँग छन् उनीहरुलाई स्विकार गरेर शान्त रहनुपर्छ । भावनात्मक संवेदनशिलता सिद्धान्तको कुरामात्रै होइन अनुसन्धानले पनि अति संवेदनशिल मानिसको दिमागको धेरै क्रियाकलापहरु सहानुभुतिसँग सम्बन्धित भएको पाएको छ ।

यस्ता बच्चाहरुले आफ्नो भावनात्मक संवेदनशिलतालाई बुझेर आफ्नो यो गुणले संसारलाई कसरी राम्रो बनाउने भन्ने सोच्न सक्छन् । त्यसैले उनीहरुलाई आफ्नो प्रशंसा गर्न सहयोग गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment