+
+

बिदाइ बैठकपछि माधव नेपालले भने- हिजोको तितो-पिरो बिर्सनुपर्छ (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते २१:२६

२४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता माधवकुमार नेपालले जुनसुकै ठाउँमा रहे पनि वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने र सशक्त बनाउने भूमिका निर्वाह गर्ने बताएका छन् ।

प्रचण्ड–माधव समूहको स्थायी कमिटीबाट अलग अलग पार्टीमा रहने निर्णय गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले जहाँ बसे पनि वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने काममा लाग्ने बताएका हुन् ।

‘जुनसुकै ठाउँमा बसेपनि हामी वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने, सशक्त गराउने, अगाडि बढाउने … हामी कुनै एउटा विषयमा मात्रै सीमित हुने सोचमा छैनौं’ उनले भने ।

नेता नेपालले आफूहरुको हृदय विशाल रहेको भन्दै सबैलाई समेटेर अगाडि बढ्ने बताए ।

सोमबारको बैठकमा आफूहरुले सबै सम्भावनाहरुको बारेमा छलफल र अध्ययन गरेको भन्दै उनले भने कम्युनिस्ट आन्दोलन सशक्त र प्रभावकारी रुपमा अगाडि बढोस् र जनताका चाहना पूरा होउन् भन्ने उद्देश्य राखेको बताए ।

‘…वामपन्थी आन्दोलनमा लागेकाहरु, लोकतान्त्रिक परिवर्तनको अभियानमा लागेकाहरु सम्पुर्ण नेपाली जनताको चाहना अनुरुप अगाडि बढ्नुपर्छ’ उनले भने, ‘हामीले तीतो, पिरो मनमा राखेर खाली पुरानो इतिहासका कुरालाई कोट्याएर जान हुँदैन भन्ने कुरा सोचेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?