+
+
Shares

निजगढ हत्या : एकजना शंकास्पद व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २५ गते ९:२५

२५ फागुन, वीरगञ्ज । निजगढमा एक युवकको हत्या भएको घटनामा एकजना शंकास्पद व्यक्ति रौतहटको चपुरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्ने व्यक्ति मृतकको साथी नै भएको स्रोतले जनाएको छ । तर प्रहरीले पक्राउ पर्ने व्यक्तिको विवरण सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले भने, ‘शंकास्पद एकजना व्यक्ति पक्राउ परेका छन्, संलग्नताबारे भेरिफाइ गर्न बाँकी छ ।’

मंगलबार बिहान बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?