Comments Add Comment

बैंकिङ समाधान केन्द्र सुरु गर्दैछौं : शेखर गोल्छा

२५ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुका लागि बैंकिङ समाधान केन्द्र सुरु गर्ने बताएका छन् ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिको सय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले उद्योगी व्यवसायीहरुलाई बैंकसम्बन्धी विभिन्न समस्या आइपर्ने गरेकाले त्यसका लागि बैंकिङ समाधान केन्द्र सुरु गर्न लागेको बताए ।

उद्योग वाणिज्य महासंघले बैंक एशोसियसनसँग सहकार्य गरेर बैंकिङ समाधान केन्द्र बनाउन लागेको उनको भनाइ छ । ‘छुट्टै बैंकिङ समस्याका लागि एउटा संरचना तयार गरेका छौं । यसमा हामीले नेपाल बैंक एशोसिएसनसँग सहकार्य गरेर उनीहरुको पनि सहभागिता हुने गरी एमओयूमा हस्ताक्षर गर्दैछौं,’ उनले भने, ‘अब बैंकिङसम्बन्धी कुनै समस्या भयो भने राष्ट्र बैंकमा जानुभन्दा पहिला हामीले त्यो समस्या समाधान गर्नका लागि एउटा बैंकिङ समाधान केन्द्र सुरुवात गरेका छौं । कुनैपनि हाम्रा सदस्य साथीहरुलाई श्रमसम्बन्धी समस्या भयो भने हामी विज्ञ समूहमा राख्छौ र कानुनी सल्लाहकारहरुले आवश्यक सुझाव र सहयोग गर्नेछन् ।’

अध्यक्ष गोल्छाले साना तथा मझौला उद्योगी व्यवसायीहरुले बैंकबाट ऋण लिनका लागि महासंघले सहजीकरण गर्ने पनि बताए । यसका लागि बैंक एशोसिएसनसँग सम्झौता भएको उनले बताए ।

यसैगरी व्यवसायीहरुबीच लेनदेन लगायतका कुनै समस्या निम्तिए समस्या समाधान गर्ने प्रयासस्वरुप मेलमिलाप केन्द्रको सुरुवात गरिएको पनि गोल्छाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment