Comments Add Comment

रेनशालाई प्रश्न–‘धिरजलाई फुकुवा कहिले गर्ने ?’

नायक धिरज मगर पहिलो चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट चर्चामा आए । चलचित्र आउनु अगाडि नै राम्रै फ्यान कमाएका धिरज यो चलचित्रपछि स्टार बने । तर, उनको दोश्रो चलचित्र भने रिलिज भएको छैन । उनले चलचित्र ‘आई एम ट्वान्टी वान’मा काम गरिसकेका छन् । तर, चलचित्रको प्रदर्शन मिति तय भएको छैन ।

‘इन्टु मिन्टु लण्डनमा’मा काम गरेको २ बर्ष भन्दा बढी भैसक्दा पनि धिरजको नयाँ चलचित्र नआउँदा उनका फ्यान निराश भएका छन् । धिरजलाई चलचित्र क्षेत्रमा निर्देशक रेनशा वान्तवा राइले भित्राएकी हुन् । रेनशाको ३ वटा चलचित्रमा काम नगरेसम्म धिरजले अरु चलचित्रमा काम नगर्ने संझौता गरेको चर्चा पनि चलचित्र बजारमा चल्ने गरेको छ ।

रेनशा धिरजलाई आफ्नो छोरा जस्तै भएको बताउँछिन् । धिरज पनि रेनशालाई ‘आमा’ भन्छन् ।

शनिबार आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा रेनशालाई अनलाइनखबरले ‘धिरजलाई अब फुकुवा नगर्ने’ भनेर प्रश्न सोधेको थियो । जसमा, रेनशाले भनिन्–‘धिरज अब फुकुवा भैसकेँ । राम्रो कथामा उनले काम गर्न सक्छन् ।’
धिरजले पनि आफूले एक नयाँ चलचित्र साइन गरेको बताए । तर, चलचित्रको बिषयमा अन्य जानकारी अहिले नै बताउन नमिल्ने धिरजको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment