Comments Add Comment

४२ हजार क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर

१० चैत, काठमाडौँ । नेपालमा ४१ हजार क्षयरोगका नयाँ बिरामी अझै पनि उपचारको पहुँच बाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष ०७६/७७ मा नेपालमा क्षयरोगका बिरामी पत्ता लाग्ने दर प्रतिलाख जनसंख्यामा ९३ जना रहेको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष करीव ६९ हजार जना नयाँ क्षयरोगका बिरामी थपिने गर्दछन् भने करिव १ लाख १७ हजार जना क्षयरोगीहरु नेपालमा रहेका छन्। यस्तै गत आर्थिक वर्षमा १ लाख ५५ हजार ३ सय ७१ जना क्षयरोगका  सम्भावित व्यक्तिहरुको विभिन्न विधिबाट परीक्षण गर्दा २७ हजार ७ सय ४५ जना नयाँ क्षयरोगका बिरामी पत्ता लागेको थियो।

केन्द्रका निर्देशक डाक्टर अनुज भट्टचनका अनुसार क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान ९ प्रतिशत रहेको छ। यस्तै उपचार गराउनेको संख्या करिब १५ प्रतिशत रहेको अनुमान गरिएको छ । नेपालमा वार्षिक १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ।

विश्व स्वास्थ्य संगठनको आंकलनका अनुसार नेपालमा वार्षिक रुपमा करिव २ हजार २०० औषधि प्रतिरोधी क्षयरोगका बिरामी थपिने गरेका छन्। गत आर्थिक वर्ष २०७६/७७ मा औषधि प्रतिरोधी क्षयरोगका ३८४ जना बिरामीलाई नियमित उपचारमा ल्याइएको थियो। अझै ८३ प्रतिशत औषधि प्रतिरोधी क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन नसकिएको डा भट्टचनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment