Comments Add Comment

अष्ट्रेलियामा सरकारी लक्ष्यको १५ प्रतिशतले मात्र लगाए कोरोना खोप

१८ चैत, काठमाडौं । अष्ट्रेलियामा सरकारी लक्ष्यको १५ प्रतिशतले मात्रै कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

अष्ट्रेलिया सरकारले मार्च अन्तिमसम्ममा ४० लाख नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेकोमा हालसम्म करिब ६ लाखले मात्रै खोप लगाएका छन् । लक्ष्यअनुसार अझै करिब ३४ लाख नागरिकले खोप लगाउन पाएका छैनन् ।

लक्ष्यअनुसार कोरोना खोप पुर्‍याउन नसकेको भन्दै सर्वसाधारणले सरकारको आलोचना गरेका छन् । दुई दिनअघि मात्र कोरोना संक्रमण बढेको भन्दै ब्रिसबेनमा लकडाउनको घोषणा गरिएको थियो ।

गत साता अष्ट्रेलिया सरकारले मुलुकमा कोरोनाको कुनै नयाँ संक्रमण नदेखिएकाले तत्कालै खोप पु¥याउनुपर्ने जरुरी नभएको बताएको थियो । अहिलेसम्म अष्ट्रेलियामा कोरोनाका २९ हजार तीन सय संक्रमित फेला परेका छन् भने ९०९ जनाको मृत्यु भएको छ ।

यद्यपि पछिल्लो केही महिनायता संक्रमण बढेको भन्दै अष्ट्रेलियाका विभिन्न स्थानमा ६ पटकसम्म लकडाउन भइसकेको छ । सरकारका आलोचकहरुले पछिल्लो समय संक्रमण बढेको स्थानमा तत्काल कोरोना खोप उपलब्ध गराउन जरुरी रहेको बताएका छन् ।

अझैसम्म पनि फ्रन्टलाइन कर्मचारीहरुलाई कोरोना खोप नदिइएको भन्दै सरकारको आलोचना भएको छ । अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले मंगलबार एकैदिन ७२ हजारभन्दा धेरैले कोरोना खोप पाएको बताएका छन् । अब अष्ट्रेलियामा कोरोना खोप अभियान तीव्र गतिमा अघि बढ्ने उनको दाबी छ ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment