+
+
Shares

रातो मछिन्द्रनाथको रथयात्रा नरोक्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २५ गते १९:१९
फाइल तस्वीर

२५ चैत, काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको रथयात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने भएको छ ।

गुठी संस्थान कार्यालय ललितपुरको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर राखी २०७८ सालको मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

रथयात्रालाई मर्यादित, अनुशासित, शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सरोकारवाला सबैको बीचमा व्यापाक छलफल गरी मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने निर्णय भएको उनले बताए । सरोकारवालाले स्थानीय धर्म संस्कृतिको मुख्य पर्वको रुपमा रहेको रथयात्रालाई कोरोना संक्रमण फैलन नदिनका लागि सामाजिक दुरी, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने निर्णय भएको उनले बताए ।

रथयात्रा सञ्चालन गर्ने क्रममा बढी भिडभाड नहुने व्यवस्था मिलाउन सबैले आआफ्नो तर्फबाट गुर्नुपर्ने सबै कार्यहरु प्राथमिकताका साथ समयमै गर्ने गराउने व्यवस्था मिलाउने निर्णय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?