Comments Add Comment

बिजुली आपूर्तिबारे बुझ्न प्रधानमन्त्रीका विज्ञसहित प्राधिकरणको टोली अक्सिजन उद्योगहरुमा

३१ वैशाख, काठमाडौं । अक्सिजन उद्योगहरुमा बिजुली आपूर्ति अनियमित भएको गुनासो आएपछि प्रधानमन्त्रीका विकास विज्ञसहित नेपाल विद्युत प्राधिकरणको टोलीले राजधानीका ग्यास उद्योगहरुको निरीक्षण गरेको छ ।

टोलीले लगनखेलको सगरमाथा अक्सिजन, लुभुको सोपान अक्सिजन र हरिसिद्धिको अर्को एक अक्सिजन उद्योगमा पुगेर विद्युत आपूर्तिको व्यवस्थापनबारे जानकारी लिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोलीले उद्योगहरुमा पुगेर सञ्चालक तथा व्यवस्थापकसँग छलफल गरेको हो ।

विकास विज्ञ थपलियाले कुनैपनि उद्योगहरुमा बाहिर चर्चा गरिएजस्तो विद्युत आपूर्तिमा समस्या नदेखिएको बताए । ‘ग्यास उत्पादनपछिको वितरणमा समस्या रहेछन्,’उनले भने,’तर,उत्पादनका लागि विद्युत आपूर्तिमा उहाँहरुलाई समस्या छैन ।’

महामारीसँगै पछिल्ला दिनमा अक्सिजनको माग ह्वात्तै बढ्दा अक्सिजन उद्योगहरु २४ घण्टा नै चलिरहेका छन् । तर, विद्युत आपूर्तिमा आउने गडबडीले कतिपय उद्योग समस्यामा छन् । विशेषगरी उपत्यकाबाहिर तराई क्षेत्रमा सञ्चालित उद्योगहरुमा बिजुलीको आपूर्ति कमजोर छ । कतै लाइट काटिइरहने त कथै लो-भोल्टेजले सताउने गरेको गुनासो उद्योगीहरुले गर्दै आएका छन् ।

गुनासोलाई सम्बोधन गर्न प्राधिकरणले काम गरिरहेको र अहिले उद्योगहरुमा विजुली आपूर्ति विश्वसनीय बनाइएको प्रधानमन्त्रीका विकास विज्ञ थपलियाले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment