+
+
Shares

एलिना चौहानको किशोर किशोरी लक्षित गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १८:३४

नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा बनाना’नामको गीतको भिडियो गायिका चौहानको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो ।

करिब छ मिनेट लामो गीत सुन्दा रमाइलो छ । यसले विशेषतः किशोर किशोरी र हुर्कँदो उमेरका युवायुवतीलाई आकर्षित गर्ने देखिन्छ ।

गीतले दुई युवायुवतीको भेटघाट, त्यस क्रममा युवाले युवतीलाई आफूप्रतिआकर्षित गर्न गरेका क्रियाकलाप र युवती पनि जिस्किँदै युवातर्फ नजिकिएको कथा भन्छ ।

यात्री प्रेमले लेखेको गीतमा उनैले सङ्गीत भरेका हुन् भने भिडियो निर्देशन राज बराइलीले गरेका हुन् । सोनिया जिआर र सुधीर श्रेष्ठले भिडियोमा अभिनय गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?