
फाइल तस्वीर
१० जेठ, काठमाडौं । सरकारले कोभिड–१९ युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा प्रा.डा. जागेश्वर गौतमलाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले मन्त्रीस्तरीय निर्णयको आधारमा प्रा.डा. गौतमलाई युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले जानकारी दिए । मन्त्रालयको प्रवक्ता समेत रहेका प्रा.डा. गौतम अहिले स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारीमा छन् ।
सरकारले वीर अस्पतालको नयाँ बनेको सर्जिकल भवनमा ५ सय वेडको कोभिड-१९ युनिफाइड अस्पताल बनाउने निर्णय गरेको थियो । युनिफाइड अस्पतालले देशभरका कोभिड–१९ डेडिकेटेड अस्पतालको कमाण्ड गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4