+
+
Shares

नवनियुक्त गृहमन्त्री भन्छन् : ३ बजेसम्म मन्त्री हुने थाहा थिएन, त्यसैले प्रिप्लान छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १७:५७

२७ जेठ, काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले आफूले कामको विषयमा योजना बनाउन नभ्याएको बताएका छन् । बिहीबार पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै उनले अन्तिम समयमा मात्र मन्त्री पद टुंगो लागेकाले योजना बनाउन नभ्याएको बताए ।

‘३ बजेसम्म मन्त्री हुने थाहा थिएन । त्यसैले मसँग प्रिप्लान छैन’ उनले भने ‘तर गृह मन्त्रालय २४ घण्टा काम गर्ने मन्त्रालय हो । जनतालाई राहत दिन ढिला गर्नु हुँदैन । गृहबटठ हने काममा अब फाइल घुमाउने छुट छैन ।’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री हुँदाजस्तै काम गर्ने बताए । ‘अब त्यही गतिमा जानुपर्छ, कामबाटै परिणाम ल्याऔं ,काममै जाऔं’ उनले भने ।

मन्त्री अधिकारीले छिमेकी देशको विरुद्धमा नेपालको भूमि प्रयोग हुन नदिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?