Comments Add Comment

कमला नदीको टापुमा फसेका तीनजनाको सकुशल उद्धार

१७ असार, काठमाडौं । धनुषाको गणेशमान नगरपालिका–८ स्थित कमला नदीको बीच टापुमा फसेका तीनजनाको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्वार गरेको छ ।

रघुनाथपुरस्थित बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको टोलीले लभटोली बस्ने स्थानीय ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय संजय अधिकारीको बिहीबार बिहान उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माका अनुसार रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको बहाव बढ्न जाँदा उक्त नदीको बीच भागमा रहेको टापुमा फसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment