Comments Add Comment

राष्ट्रिय सभामा कोमल ओलीले सुनाइन् कविता

संघीय संसद भवन नयाँबानेश्वरमा सोमबार बसेको राष्ट्रियसभाको बैठकमा विषेश समयमा बोल्दै नेकपा एमालेका सदस्य कोमल ओली । तस्वीर: रासस

२१ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा सोमबार एक व्यंग्यात्मक कविता सुनाएकी छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य ओलीले देश र देशबासी कोरोना महामारीको चपेटामा परेका बेला राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताइन् ।

धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उनले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भइकन जनतालाई जलस्रोतसँग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभई विगतका सरकारहरु भएको बताइन् ।

उनले भनिन्, ‘यो बेलामा राष्ट्रका सबै शक्तिहरु एकठाउँमा उभिनुपर्दैन ? कुन बेला झगडा गर्ने कुन बेलामा मिल्ने भन्ने प्राथमिकता हुँदैन ? यो भन्दा बाँदर चरित्र के हुन्छ ? न आफ्नो घर बनाउने न अर्काको घर बन्न दिने ?’

उनको कविता यस्तो थियो :

“बाँदरहरुको आफ्नो देश हुँदैन बाँदरहरुको निश्चित भेष हुदैन ।
छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुदैन ।

कहिले मिलेका छन् कहिले फुटेका छन्
ईर्ष्याको भट्टीमा आफैंलाई भुटेका छन् ।

आँखाभरि लोभ पापको पिपासा बोकेर
आजकल बेबारिसे बाँदर विनाशका मेलामा जुटेका छन् ।

अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे ।
हालेको जग बचाएको भए
सुन्दर घरबास बन्न सक्थे ।

आखिर बाँदर न हुन्,
भोलिको प्रतीक्षा कहाँ गर्छन् ?

आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको

बाँदरहरु खेती गर्देनन्, बाली विनाश गर्छन् ।

कहिले ढेडुहरुसंग मिल्छन् कहिले गोइलानहरुसँग मिल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment