Comments Add Comment

माधव नेपालसँग भेटेपछि शंकर पोखरेलले लेखे : तीन महिनाको मिहिनेत खेर गयो

३ साउन, काठमाडौं । नेकपा एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका नेताहरुले आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेको छ ।

भेटका क्रममा नेता नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिए ।

माधव नेपालसँग भेटेपछि उनले फेसबुकमा लेखेका छन् ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मिहिनेत खेर गयो ।’

कार्यदलमा रहेका नेताहरुले शनिबार अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । एमाले विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलले असार २७ गते पार्टी एकताका लागि १० बुँदे सहमति गरेको थियो ।

तर सहमति भएदेखि नै उक्त सहमतिप्रति नेता नेपालले असन्तुष्टि जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment