Comments Add Comment

काठमाडौं महानगरले भन्यो : एसईईको नतिजा नआई ११ कक्षामा भर्ना नगर्नू

कक्षा ११ र १२ को कुल शुल्क तोक्न आग्रह

३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा शाखाले एसईईको नतिजा प्रकाशन नभई कक्षा ११ मा भर्ना नलिन शिक्षण संस्थाहरुलाई निर्देशन दिएको छ ।

शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले कक्षा ११ को भर्ना नलिन सूचना जारी गर्दै लिएको भए कानुन बमोजिम कारबाही हुने चेतावनी दिएकाा छन् ।

महानगरपालिकाले कक्षा ११ मा भर्ना गर्दा नै कक्षा ११ र १२ मा विद्यार्थीसँग लिइने कुल रकम तोक्न भनेको छ । साथै विद्यार्थीसँग रजिष्ट्रेसन दस्तुर, परीक्षा शुल्क लिंदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिन, विद्यार्थीलाई किताब, ड्रेस र अन्य शैक्षिक सामाग्री विद्यालयले भनेकै स्थानमा खरिद गर्न बाध्य नगर्न समेत निर्देशन दिएको छ ।

माध्यमिक विद्यालय र कलेजहरुले तोकिए अनुसारको छात्रवृत्ति अनिवार्य रुपमा प्रदान गर्नुपर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको विवरण शैक्षिक सत्र शुरु भएको २ महिनाभित्र शिक्षा विभागमा पेश गरिसक्न पनि महानगरपालिकाले आग्रह गरेको छ ।

हेर्नुहोस् पत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment