Comments Add Comment

मोहम्मद रफी : जो सडकमा माग्नेहरुको गीत सुनेर गायक बने

लाग्यो । तर, उनका आवाजहरु अझैपनि गुञ्जिरहेका छन् । मान्छेले सुखमा, दुःखमा, खुसीमा, पीडामा, मोहम्द रफी साथ दिन आइपुग्छन् ।

उनी एक यस्ता गायक अझ भनौं संगत साधक हुन्, जसले जीवनकालमा असंख्यौं अजम्बरी गीतको थुप्रो लगाए । उनी एक अत्यान्तै सम्मानित, श्रेष्ठ गायकको रुपमा स्थापित छन् । संख्याको हिसाब–किताब गर्ने हो भने उनले हजारौं गीत गाएका छन् । ती मध्ये अधिकांश गीतहरु क्लासिक मानिन्छन् । ती गीतहरुमा फिल्मी गीतहरुका अतिरिक्त भजन, लोकगीत तथा कव्वाली र क्षेत्री भाषाका गीतहरु पनि समावेश छन् । यो सन् १९४० देखि १९८० सम्मको कुरा हो ।

त्यसो त, रफीको बारेमा के भनिन्छ भने सडकमा मागेर हिँड्ने माग्नेहरुको गीतहरु सुन्दा–सुन्दै उनलाई गायकीप्रति आकर्षण बढेको थियो । बाल्यकालमा उनी तिनीहरुका गीत सुन्थें र अर्को ठाउँमा गएर नयाँ व्यक्तिहरुलाई सुनाउँथे ।

हिन्दी सिनेको संसारमा मोहम्मद रफीलाई लिएर दर्जनौं रमाइला किस्साहरु प्रचलित छन् । संगीतका यी महारथीले आफ्ना हजारौं गीतहरुमार्फत थुप्रै पुस्ताहरुलाई प्रभावित बनाए । आज पनि उनका अधिकांश गीतहरु पटक–पटक सुनिन्छन् ।

साठी र सत्तरीको दशकमा रफीले त्यस्ता धेरै वटा गीतहरुमा स्वर दिए, जसमा दुःख र पीडाको छटपटी महसुस गर्न सकिन्छ । भनिन्छ, स्वयं रफी पनि ती गीतहरु गाउँदा गाउँदैै भावुक हुन्थे, जसको अनुमान ती गीतहरु सुनेर पनि लगाउन सकिन्छ ।

ती मध्ये एउटा गीत हो—बाबुल की दुआएं लेती जा…। भनिन्छ, ‘नील कमल’ फिल्मको उक्त गीत गाउने क्रममा रफीको आँखाबाट पटक–पटक आँशु बगेका थिए । किनभने उक्त गीत रेकर्डिङ हुनुभन्दा ठिक एक दिनअघि मात्रै उनकी छोरीको विवाह भएको थियो, जसका कारण उनी भावुक भएका थिए । उक्त गीतका लागि उनलाई भारतको राष्ट्रिय पुरस्कार पनि प्रँप्त भएको थियो ।

मोहम्मद रफीका लागि संगीत दिनु भनेको कुनै पनि संगीतकारका लागि पनि सम्मानको कुरा हुने गर्दथ्यो । संगीतकार नौशादका लागि मोहम्मद रफीले धेरै वटा गीतहरु गाएका थिए । नौशादले रफीको बारेमा एउटा कथा भनेका थिए ।

एउटा अपराधीलाई फाँसीको सजाय सुनाइएको थियो । जब फाँसीमा झुण्डिने दिन आयो, उनलाई उनको अन्तिम इच्छाका बारेमा सोधियो । उनल आफ्नालाई केही पनि मागेनन, केवल बैजू बावरा फिल्मको गीत ‘दुनिया के रखवाले’ सुन्न इच्छा व्यक्त गरेका थिए । उक्त गीतमा रफीको स्वर थियो र गीत गाउने क्रममा रफीले जिउ–ज्यान नै लगाएका थिए । कैदीको उक्त चाहाना सुनेर जेलका पदाधिकारीहरु समेत आश्चर्यमा परेका थिए ।

किशोर कुमार, जो आफैंमा एक ठूला गायक थिए । यद्यपि, प्रारम्भ उनले अभिनेताको रुपमा समेत फिल्ममा काम गरेका थिए । त्यसताका किशोर कुमारले अभिनय गर्ने फिल्ममा उनका लागि पाश्र्व गायन गर्ने गायकको खोजी हुन थाल्यो । अन्ततः मोहम्मद रफीमै आएर उक्त खोजि रोकियो ।

त्यसक्रममा किशोर कुमारका लागि रफीले करिव ११ वटा गीत गाएका थिए । रफीको स्वरको एउटा विशेषता के थियो भने उनको स्वर रहेक अभिनेतालाई सुहाउँथ्यो । दिलीप कुमारदेखि देवानन्दसम्म तथा शम्मी कपूरदेखि लिएर राजेन्द्र कुमारसम्म, उनले जसका लागि पनि पाश्र्व गायन गरेका थिए, उक्त गीतलाई फिल्मको पर्दामा हेर्दा के लाग्थ्यो भने उक्त गीत रफीले होइन्, तीनै अभिनेताहरुले गाएका हुन् । रफीको यो एउटा अद्भूत शैली थियो ।

मोहम्मद रफीले आफ्नो करियरमा करिव–करिव सबै ठूला अभिनेताहरुका लागि गीत गाए । तीनमा धर्मेन्द्र, राजेश खन्ना, दिलीप कुमार, मनोज कुमार, राजेन्द्र कुमार, अमिताभ बच्चन, शम्मी कपूरु आदि समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment