+
+

केही दिनमै मन्त्रिपरिषद्‌ले पूर्णता पाउँछ : कांग्रेस नेता महत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १७:५०

७ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

सोमबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा नेता महतले सबै पार्टी मिलाएर सरकार बनाउनुपर्ने भएकाले मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाइ भएको बताए ।

‘अब मलाई लाग्छ केही दिनमै मन्त्रिमण्डल पूरा हुन्छ भनेर प्रधानमन्त्रीजीले विश्वास दिलाउनुभएको छ, अनि रफ्तारमा काम हुन्छ’ उनले भने ।

उनले कांग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रुपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताए ।

पार्टीको महाधिवेशन भन्दा आम निर्वाचन महत्वपूर्ण हुने भन्दै सहमहामन्त्री महतले भने, ‘अधिवेशन भनेको तात्कालिक पार्टीको बाँडफाँट विधिसम्मत तरिकाबाट गर्ने तरिका मात्रै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?