+
+

सुदूरको प्राविधिक शिक्षाका अगुवा नन्दलाल

जनक विष्ट जनक विष्ट
२०७८ भदौ १२ गते १३:२८

२६ साउन, धनगढी । २०५५ सालमा सुदूरपश्चिममै पहिलो पटक सबओभरसियर को पठनपाठन सुरुवात गर्दा नन्दलाल चटौत अन्योलमा थिए । कञ्चनपुरको महेन्द्रनगरमा वैजनाथ स्कुल अफ टेक्नोलोजी स्थापना गरेर सब ओभरसियर पढाइ सुरु गरे पनि विद्यार्थी धेरै नहुँदा निरन्तरता दिन सकिँदैन कि भन्ने आशंका थियो ।

त्यतिबेला सुदूरपश्चिममा प्राविधिक शिक्षा नै नौलो थियो । कलेजमा ४० जना विद्यार्थी पढाउन पाउने स्वीकृति पाए पनि ७ जना मात्र भर्ना भएका थिए । त्यही ७ जना जुटाउन पनि कलेज सञ्चालक चटौतलाई कम्ता सकस थिए ।

‘धेरै कार्यक्रम र गोष्ठीमार्फत अभिभावकसँग अन्तक्रिर्या गरेपछि बल्लतल्ल ७ जना विद्यार्थी पाएँ,’ चटौत सम्झिन्छन्, ‘घर घरमा गएर पनि सम्झाइबुझाइ गरेँ । शिक्षित परिवारहरु मात्र छोराछोरीलाई सब ओभरसियर पढाउन तयार भए ।’

नन्दलालले जोखिम उठाएर प्राविधिक शिक्षा व्यवसाय सुरु गरेको २ दशकको अवधिमा सुदूरपश्चिममा झण्डै ७ हजार प्राविधिक उत्पादन भइसकेका छन् ।

‘त्यो बेला हाम्रो समाजमा प्राविधिक शिक्षाको महत्वबारे धेरै कमलाई मात्र थाहा थियो । सुरुका दिनमा विद्यार्थी पाउनै मुश्किल भयो,’ चटौत विगत सम्झिन्छन् ।

त्यतिबेला प्राविधिक शिक्षा पढाउने शिक्षक पनि कम थिए । उनलाई महेन्द्रनगरकै सिद्धनाथ विज्ञान क्याम्पसका शिक्षक अजयकुुमार झा र घनश्याम ठाकुरले सहयोग गरे । उनीहरु वैजनाथ इन्जिनियरिङ कलेजको संस्थापक नै भए । शिक्षक झा त्यो बेला मासिक साढे ६ हजार तलबमा प्राविधिक विषय पढाएको सम्झिए ।

२०५७ सालमा नन्दलालले अरु तीन जना साथीसँगको साझेदारीमा बैजनाथ इन्जिनियरिङ कलेज र सेती महाकाली नर्सिङ क्याम्पस स्थापना गरे । बैजनाथमा ओभरसियर र सेती महाकालीमा नर्सिङको पढाइ सञ्चालन गर्ने उनको योजना थियो ।

तर नर्सिङ पढ्ने विद्यार्थी पाउन भने धेरै मुश्किल भयो । ‘हाम्रो समाजमा त्यतिखेर छोरीलाई नर्स पढाउनुहुँदैन भन्ने धारणा थियो । काठमाडौंबाट नेवार समुदायका छोरीहरु ल्याएर पढाउनुपर्‍यो,’ चटौत भन्छन्, ‘४० जनाको कोटा पूरा गर्नै गाह्रो हुन थाल्यो । सम्झाइबुझाइ गरेपछि हाम्रोतिर पनि अलि शिक्षित आमाबुवाले धेरै पछि छोरीलाई नर्सिङ पढाउन थाल्नुभयो ।’

२०६५ सालपछि मात्रै सुदूरपश्चिममा छोराछोरीलाई प्राविधिक शिक्षा पढाउने क्रम बढेको चटौत बताउँछन् ।

२०५९ सालतिर एचए र फार्मेसी विषयको पठनपाठन गराउन चटौतले भागेश्वर एकेडेमी फर हेल्थ साइन्स नामक कलेज स्थापना गरे । तर नयाँ विषयमा विद्यार्थी पाउन समस्या भइरहृयो ।

एचए र फार्मेसी प्रोग्राममध्ये फार्मेसीका लागि विद्यार्थी पाउनै नसकिने अवस्था थियो । सोही कारण साझेदारहरुले फार्मेसीको पठनपाठन बन्द गर्न सुझाव दिए । तर नन्दलाल आत्तिएनन् । दुई वर्षपछि बल्ल फार्मेसीमा पनि विद्यार्थी संख्या बढ्दै गयो ।

२०५९ सालदेखि प्राविधिक शिक्षामा चटौतको साझेदार रहेका रघुनाथ ओझा फार्मेसी पढ्ने विद्यार्थी नै नपाएका बेला उनकै धैर्यता र अठोटका कारण अहिलेको सहज अवस्थामा आइपुगेको बताउँछन् ।

‘सुदूरपश्चिममा प्राविधिक शिक्षा यो ठाउँसम्म आइपुग्नुमा उहाँको ठूलो देन र त्याग छ,’ ओझाले अनलाइनखबरसँग भने, ‘म पनि उहाँकै कारण प्राविधिक शिक्षामा जोडिन पुगेको हुँ । प्राविधिक जनशक्ति उत्पादनको श्रय उहाँलाई नै जान्छ ।’

त्यतिबेलाको समय सम्झिँदै चटौत भन्छन्, ‘मैले उहाँहरुलाई (सहकर्मी) प्रोग्राम राम्रो हो चिन्ता नलिनुस् भनेर सम्झाइबुझाइ गरेर निरन्तरता दिऔँ भनेँ, २०६५ सालपछि त फार्मेसीमा विद्यार्थीको संख्या वृद्धि हुँदै जान थाल्यो ।’

नन्दलालले २०६० मा नेपालगञ्जमा प्राविधिक शिक्षा पढाउने कैलपाल एकेडेमी फर हेल्थ साइन्स नामक कलेज स्थापना गरे । २०६५ मा धनगढीमा शैलेश्वरी स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजीको स्थापना गरी ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट (एचए) र स्टाफ नर्सको पढाइ शुरु गरे ।

तत्कालिन सुदूरपश्चिम र मध्यपश्चिमका विद्यार्थी प्राविधिक शिक्षा अध्ययन गर्न काठमाडौं धाउनुनपरोस् भनेर कलेज स्थापना गरेको चटौत बताउँछन् । चटौतले पनि उच्च शिक्षा भारतको लखनउमा लिएका थिए । नयाँ पिँढीले आफूूले जस्तै अध्ययनका लागि अरुको देशमा जानुनपरोस् भन्ने चाहना आफ्नो रहेको उनको भनाइ छ ।

‘त्यो बेला धेरै ठूलो दुुःख गरेर मात्र पढ्न पाइन्थ्यो । खोला, नदी नाला पार गरेर पैदल हिँड्दै वनबासबाट ट्रेन चढेर लखनउ गएर पढ्नुुपथ्र्यो,’ चटौतले भने, ‘नेपालगञ्ज पढ्न जानलाई पनि महेन्द्रनगर, वनबासा, लखिमपुर, नानपारा हुुँदै रुपैडिया भएर जान मिल्थ्यो । यति दुुःख गरेर पढाइ गरियो ।’

दुुई दशक पछाडि फर्केर हेर्दा उनी आफूलाई सन्तुुष्ट पाउँछन् । ‘मैले जे काम गरेँ राम्रो गरेँ भन्ने सोच्छुु, त्यसमा म सन्तुुष्ट छुु,’ उनी भन्छन्, ‘अनेक बाधा अवरोधकाबीच पनि मैले संघर्ष जारी राखेकै कारण सफल भएको हुँ ।’

उनको कलेज पढेका विद्यार्थी अहिले मुलुकका ठूलो ओहदामा समेत पुगेका छन् । ‘देशविदेशमा छरिएर बसेका छन् । यो भन्दा ठूूलो खुुसी अरु के हुुन्छ र ?’

सुदूरपश्चिममा प्राविधिक शिक्षाको विकास र व्यवसायीकरणमा निजी क्षेत्रबाट नन्दलाल चटौतले धेरै योगदान गरेको धनगढीका रघुनाथ ओझा बताउँछन् ।

चटौतले प्राविधिक शिक्षा मात्र नभएर डडेल्धुरादेखि कञ्चनपुरसम्म सामुदायिक विद्यालयको स्थापना र विकासमा समेत महत्वपूूर्ण योगदान गरेका छन् ।

डडेल्धुरा जिल्ला पञ्चायतको सदस्य भएका बेला उनले शिक्षा समितिको सदस्य भएर काम गर्ने अवसर पाए । २०४४-४५ मा डडेल्धुरा बहुुमुुखी क्याम्पस स्थापना गर्दा गठित समितिमा समेत उनी सदस्य थिए ।

उनले केही सामुदायिक विद्यालयमा व्यक्तिगत लगानीमा अक्षय कोष स्थापनादेखि भौतिक संरचना निर्माणमा पनि सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment