+
+

प्रदेश २ मा एमाले सांसद उप्रेतीले रोजे एकीकृत समाजवादी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १७:०३

२२ भदौ, जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका सांसद डिल्लीप्रसाद उप्रेतीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

सर्लाही क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित उप्रेती मंगलबार जनकपुरधामस्थित प्रादेशिक कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका हुन् ।

भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका सांसद उप्रेती निर्वाचन आयोगले तोकेको समयको अन्तिम दिन आएर सनाखत गरेका हुन् । उप्रेतीसहित प्रदेश २ मा नेकपा एकीकृत समाजवादीको सांसद संख्या १३ पुगेको छ ।

यसअघि एमालेका सांसदहरु शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मंजु कुमारी यादव, बेची लुंगेली, रबीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन, मनोज सेन श्रीवास्तव, सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादी रोजिसकेका छन् ।

प्रदेशमा नेकपा एमालेको कुल २१ सांसदमध्ये १३ जना एकीकृत समाजवादीमा लागेपछि एमालेको सांसद संख्या ८ जना मात्रै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?