+
+

अष्ट्रेलियाको सिड्नीमा एक महीनापछि लकडाउन खुकुलो पार्ने योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १३:१४

२४ भदौ, काठमाडौं । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा आगामी महीनाबाट मात्र लकडाउन खुकुलो हुने भएको छ । अष्ट्रेलियाको न्यु साउथ वेल्सले लकडाउन खोल्ने कार्ययोजना सार्वजनिक गरेको हो ।

न्यु साउथ वेल्सले राज्यका ७० प्रतिशत मानिसले कोरोनाको पूरा डोज खोप पाएको अवस्थामा लकडाउन खुकुलो हुने बताएको छ । अहिले न्यु साउथ वेल्सका करिब ४३ प्रतिशत मानिसले कोरोनाको पूरा डोज लगाइसकेका छन् भने ७५ प्रतिशतले कम्तीमा एक डोज खोप लगाएका छन् । यस्तोमा अर्को महीनासम्ममा पूरा डोज खोप लगाउनेको संख्या ७० प्रतिशत नाघ्न सक्ने देखिएको हो ।

७० प्रतिशत मानिसले कोरोनाको पूरा डोज लगाएपछिको सोमबारबाट लकडाउन खुकुलो हुने न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले बताएकी छिन् । यद्यपि उनले कहिलेदेखि लकडाउन खुकुलो हुन्छ भन्ने जानकारी भने दिएकी छैनन् । उनका अनुसार लकडाउन खुकुलो हुन थालेपछि कोरोनाको पूरा डोज खोप लगाएका मानिसले धेरै छूट पाउनेछन् ।

लकडाउन खुलेपछि सतर्क रहन एनएसडब्ल्यूकी प्रिमियर बेरेजिक्लियनले सुक्राएकी छिन् । बिहीबार मात्र न्यु साउथ वेल्समा १४ सय नयाँ संक्रमित थपिएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?