
२४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीमा कायम गरिदिन माग गरेका सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टको रिटमा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ भएन ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा राखिएको उक्त मुद्दा हेर्न नभ्याइएको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले आफूहरु नेकपा एकीकृत समाजवादीमा जान चाहे पनि निर्वाचन आयोगले सनाखत गर्न नमानेको भन्दै बुधबार रिट दिएका थिए ।
उनीहरुले नेकपा एकीकृत समाजवादीमा जान पाउने गरी आदेश माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4