
२३ असोज, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने २४ वर्षीय अरमान देवान, ३० वर्षीय सदाम अन्सारी र २७ वर्षीय सहमत अन्सारीलाई पक्राउ गरेको हो ।
असोज २२ गते दिउँसो वीरगञ्ज महानगरपालिका–१० स्थित प्रभु बैंक अगाडिबाट वीरगञ्ज महानगरपालिका–१५ बस्ने विवेक कुमार यादवको ना ४८ प ९३६९ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
सूचना पाएलगत्तै खटिएको टोलीले खोजतलासको क्रममा चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको उनीहरु विरुद्ध चोरीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4