+
+

सुनाकोठीमा महिला हत्या गरेको अभियोगमा तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १३:०९

२४ असोज, काठमाडौं । मान्छे पासो लागेर मरेको डोरी महँगोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा तीन जनाको समूहले एक महिलाको ज्यान लिएको छ । डोरी बिक्री गरेर लाखौं कमाउने लोभमा महिलाको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा, बानेश्वरले ललितपुर महानगरपालिका–१७, सुनाकोठीमा ४५ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा मकवानपुरका २३ वर्षीय सविन प्रजा, मोरङका २० वर्षीय सुमन मगर र मकवानपुरकी १८ वर्षीया प्रविना प्रजा माझीलाई पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरुले डोरी बिक्री हुने अफवाहमा विश्वास गरेर तामाङको घाँटीमा डोरीले कसेर हत्या गरेको पाइएको छ । हत्यापछि मृतकको गहना र मोबाइलसमेत लुटेर फरार रहेको अवस्थामा पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?