+
+

२६ दिनपछि साहरुखको अनुहारमा फर्किएको खुशी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १४:०९

बलिउड नायक साहरुख खान र उनको परिवारका लागि अक्टुबर महिना सुखद बन्न सकेन । उसो त, साहरुख बेला–बेलामा विवादमा नपरेका होइनन् । तर, उनले आफ्नो बिषयमा हुने गरेका विवादलाई कुनै न कुनै तरिकाले मिलाउने गरेका थिए । तर, यसपटक भने उनका लागि केही कठिन बन्न पुग्यो ।

साहरुखका छोरा आर्यन खानलाई एनसीबीले मुम्बइको क्रुज पार्टीमा ड्रग्स सेवन गरेको आरोपमा पक्राउ गर्यो । आर्यन पक्राउ परेसँगै साहरुख र उनको परिवार चिन्तामा डुबेको थियो । अधिकांशले अनुमान गरेका थिए कि, साहरुखले छोराका लागि मिडियाबाजी गर्नेछन् । तर, उनी २६ दिनसम्म मौन बसे । उनी र आर्यनका बिषयमा मिडिया ट्रायल भयो । केही मिडियाले आर्यनलाई ड्रग्स सेवन गरेको पुष्टी गर्न कम्मर कसेका थिए । आर्यनको मुद्दालाई राजनीतिक बिषयसँग पनि जोडेर हेरियो ।

तर, बिहिबार बेलुकी ५ बजे मुम्बइको उच्च न्यायलयले आर्यनलाई जमानतमा रिहा गर्न आदेश दिएसँगै साहरुखको अनुहारमा खुशी फर्किएको छ । साहरुखले आर्यनको मुद्दा लडेका वकिलको टिमसँग खिचेको तस्वीर सार्वजनिक भएको छ । जसमा, साहरुख मन्द मुस्कानमा देखिएका छन् ।

आर्यनको मुद्दा लडेका वकिल मुकुल रोहतगीले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘आर्यनको जमानतको कुरा सुन्ने वित्तिकै साहरुखको आँखामा आँशुसहितको खुशी देखिएको थियो । उनले, २६ दिनसम्म राम्रोसँग खाना पनि खाएका थिएनन् । उनी, कफि मात्र पिइरहेका थिए ।’

मोहतीका अनुसार, साहरुख कानुनको विद्यार्थी होइनन् । तर, वकिलसँगको भेटमा साहरुख आफ्नै हातले लेखेको नोट लिएर आउँदे र बुँदागत रुपमा प्रस्तुत हुन्थे । साहरुखले छोराको गिरफ्तारीपछि उत्पन्न परिस्थितीलाई मौन रुपमा सकेका छन् । नोभेम्बर २ मा जन्मदिन मनाउन लागेका साहरुखका लागि वकिल रोहतगीले गिफ्ट दिएको धेरैको विश्लेषण छ ।

मिडिया रिपोर्ट अनुसार, साहरुखका छोरा आर्यन शुक्रबार हिरासतबाट मुक्त हुने संभावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?