+
+

हत्याको आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १७:५६

१३ कात्तिक, कैलाली । कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्र्षीय किरण साउँद रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार गए राति साउँद र टीकापुर नगरपालिका–८ कालीमाटीका अनुप साउँदबीच कालीमाटीमा वादविवाद भएको थियो । सो क्रममा झगडा हुँदा किरणले अनुपलाई धारिलो हतियार (चक्कु) प्रहार गरी घाइते बनाएका थिए ।

घाइते अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । किरणलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?