
२२ कात्तिक, काठमाडौं । कोलिन र डोन्ना क्रेग ब्राउनले आफ्नो करेसाबारीमा कोदालोले खनिरहँदा माटोमा केही अस्वभाविक ठूलो चिज फेला पारे ।
उनीहरुले सावधानी पूर्वक उक्त चिजलाई खनेर बाहिर निकाल्ने प्रयास गरे । त्यतिबेलासम्म उनीहरुलाई त्यो वस्तु जाएन्ट पफबल भनिने दुर्लभ ढुसीको जात भन्ने अनुमान थियो । तर जब उनीहरुले त्यो वस्तु खनेर बाहिर निकाले त्यो त कुनै ढुसी नभई आलु थियो । आलु पनि सामान्य होइन, विश्वकै सबैभन्दा ठूलो आलु ।
७ किलो ८ सय ग्राम वजनको उक्त आलुको आकार अरु सामान्य आलुका गेडाले भरिएका केही प्लास्टिकका पोका बराबर थियो । अर्थात् एउटा सानो कुकुरको आकार बराबर ।
डोन्ना भन्छिन्, ‘यो यति ठूलो थियो कि हामीलाई विश्वास नै लागेन । उनीहरुले उक्त भिमकाय आलुको नाम डउग राखेका छन् । सो आलुलाई टोपी लगाइदिएर, फेसबुकमा राखेर, डोरीले बाँधेर डोराउँदै हिँडेर उनीहरुले मनग्गे रमाइलो गरे ।’
हाल गिनिज बुकमा सबैभन्दा ठूलो आलुको किर्तिमान झण्डै ५ किलो तौलको एक बेलायती आलुको नाउँमा छ । त्यसैले न्युजिल्याण्डको उक्त दम्पत्तिले आफ्नो करेसाबारीमा फलेको आलुको नाममा उक्त किर्तिमानी लेखाउनका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा निवेदन दिइसकेका छन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4