+
+

अब जबज मार्गदर्शक सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १४:२९

२७ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् ।

शनिबार शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा वैचारिक–राजनीतिक कार्यक्रम प्रस्तुत गर्दै खनालले संविधान मार्फत् जबज कार्यान्वयन भइसकेको बताएका छन् ।

‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन । मार्क्सवाद­ लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो’ नेता खनालले उल्लेख गरेका छन् । जबजलाई भरपुर उपयोग गर्दै समाजवादी क्रान्ति र रुपान्तरणको दिशामा अगाडि बढ्नुपर्ने समेत उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

हेर्नुहोस् प्रतिवेदन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?