+
+

कांग्रेस सह-महामन्त्रीमा उम्मेदवारी दिने बद्री पाण्डेको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १७:३०

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले सह-महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मंसिर २४–२६ सम्म हुने १४औं महाधिवेशनमा पाण्डेले पिछडिएका कोटाबाट सह-महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हन् । बाजुराका पाण्डेले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

‘पार्टी विधानमा पिछडिएको क्षेत्रबाट सह-महामन्त्रीको व्यवस्था छ, म त्यही क्लष्टरबाट उम्मेदवार बन्न लागेको हुँ,’ उनले भने, ‘पदाधिकारी जस्तो महत्वपूर्ण जिम्मेवारीमा बसेर पार्टीलाई गतिशील र चलायमान बनाउने प्रयत्न गर्नेछु ।’

उनले सह-महामन्त्रीको उम्मेदवारका रुपमा चार ‘ब’ को अवधारणा अगाडि सारेका छन् । ‘विचार, विधान, बैठक र व्यवस्थापन महत्वपूर्ण कुरा हुन् । विचारले पार्टीलाई गतिशील बनाउँछ, विधानको कार्यान्वन सबैभन्दा महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘नियमित बैठक बस्नु जरुरी छ र व्यवस्थापनको कुरामा पार्टी कार्यालय सञ्चालनदेखि बैठकका निर्णय कार्यान्वयनसम्म पर्छन् ।’

१२ औं महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्य बनेका पाण्डेले अघिल्लो महाधिवेशनमा खुलामा केन्द्रीय सदस्य जितेका हुन् । नेपाल विद्यार्थी संघबाट स्वतन्त्र विद्यार्थी यूनियनको सभापति, नेविसंघ बाजुरा जिल्ला सभापति, दुई कार्यालय नेविसंघको उपाध्यक्ष, महामन्त्री बनेका पाण्डे चितवन महाधिवेशनमा नेविसंघ अध्यक्षमा पराजित भएका हुन् ।

उनले १५ औं महाधिवेशनमा सहमहामन्त्री पदमै नदोहोरिने बताए । उनले भने, ‘महामन्त्रीमा मेरो जोड रहन्छ, त्यो नभए उपसभापति भएर पार्टीमा भूमिका खेल्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?